गोपनीयता सूचना

गोपनीयता ऐन १९८८ (Cth) (Privacy Act) ले गृह मामिला विभाग (Department of Home Affairs) ले कुनै व्यक्तिको बारेमा व्यक्तिगत जानकारी सङ्कलन गर्दा निश्चित मामिलाहरूका बारेमा उनीहरुलाई सूचित गर्न आवश्यक छ। यो ती मामिलाहरूको तपाईंलाई सूचना हो।

गोपनीयता सूचना

गोपनीयता ऐन १९८८ (Cth) (Privacy Act) ले गृह मामिला विभाग (Department of Home Affairs) ले कुनै व्यक्तिको बारेमा व्यक्तिगत जानकारी सङ्कलन गर्दा निश्चित मामिलाहरूका बारेमा उनीहरुलाई सूचित गर्न आवश्यक छ। यो ती मामिलाहरूको तपाईंलाई सूचना हो।

अनुवाद र दोभाषे सेवा (Translating and Interpreting Service - TIS National) ले के गर्छ?

TIS National विभागद्वारा प्रदान गरिएको एक दोभाषे सेवा हो। TIS National ले अङ्ग्रेजी नबोल्ने मानिसहरूका लागि र गैर- अंग्रेजी बोल्ने ग्राहकहरूसँग सञ्चार गर्न आवश्यक एजेन्सीहरू र व्यवसायहरूका लागि भाषा सेवाहरू प्रदान गर्दछ।

TIS National ले निम्न सेवाहरू प्रदान गर्दछ

  • तत्काल फोन व्याख्या सेवा
  • स्वचालित टेलिफोन व्याख्या सेवा (ए टि आइ एस) (Automated Telephone Interpreting Service - ATIS)
  • पूर्व नियुक्त गरिएको फोन व्याख्या
  • साइटमा व्याख्या
  • टाढाबाट भिडियो व्याख्या
  • हाम्रा सेवाहरूका बारेमा जानकारीमूलक प्रकाशनहरू र प्रचार सामग्रीहरूको शृंखला

'व्यक्तिगत जानकारी' केलाई मानिन्छ?

व्यक्तिगत जानकारी भनेको त्यो जानकारी वा राय हो, जुन सहि होस् या नहोस्, जसबाट एक व्यक्तिको बारेमा उचित रूपमा पहिचान गर्न सकिन्छ।

व्यक्तिगत जानकारीले संवेदनशील जानकारी' पनि समावेश गर्दछ, जुन गोपनीयता ऐन (Privacy Act) मा व्यक्तिको जात वा जातीय मूल, यौन झुकाव वा अभ्यास, आपराधिक टिपोट, व्यावसायिक वा व्यापार संघ वा व्यापार युनियनहरूको सदस्यता, धार्मिक विश्वास वा सम्बद्धता, दार्शनिक जानकारी, राजनीतिक विचार, राजनीतिक संघको सदस्यता र स्वास्थ्य, आनुवंशिक एवम् बायोमेट्रिक जानकारीको रूपमा परिभाषित गरिएको छ।

TIS National ले तपाईंको व्यक्तिगत जानकारी कहिले र कसरी सङ्कलन गर्छ?

TIS National ले हाम्रा सेवाहरूमा संलग्न सबै पक्षहरूको व्यक्तिगत जानकारी सङ्कलन गर्दछ, जसमा अनुवादकहरू, गैर-अंग्रेजी भाषी व्यक्तिहरू र आफ्ना गैर-अंग्रेजी भाषी ग्राहकहरूसँग सञ्चार गर्न चाहने एजेन्सी ग्राहकहरू समावेश छन्। हामी दोभाषेहरूको आफन्त/आकस्मिक सम्पर्क विवरणहरू पनि सङ्कलन गर्छौं।

सामान्यतया, TIS National ले सिधै तपाईंबाट व्यक्तिगत जानकारी सङ्कलन गर्दछ। हामीले यो जानकारी तब सङ्कलन गर्छौं जब तपाईंले हामीलाई टेलिफोन वा इन्टरनेटमा इमेल मार्फत जानकारी प्रदान गर्नुहुन्छ। उदाहरणका लागि, तपाईंले टेलिफोन वा इन्टरनेट मार्फत सोधपुछ गर्न, प्रतिक्रिया दिन, हामीलाई इमेल पठाउन, भेटवार्ता आयोजना गर्न वा हाम्रा दोभाषे सेवाहरू प्रयोग गर्न हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यदि तपाईंले आफ्नो व्यक्तिगत जानकारी प्रदान नगर्ने छनौट गर्नुभयो भने, यसले तपाईंलाई सेवाहरू प्रदान गर्न सक्ने हाम्रो क्षमतालाई असर पार्न सक्छ।

हामीले अन्य संस्थाहरू (सरकारी एजेन्सीहरू र करार सेवा प्रदायकहरू सहित) बाट पनि दोभाषे सेवाहरू प्रदान गर्ने उद्देश्यका निम्ति व्यक्तिगत जानकारी सङ्कलन गर्न सक्छौं। हामी दोभाषेहरू सम्बन्धी आपतकालीन अवस्थाहरूको व्यवस्थापनमा प्रयोगको लागि दोभाषेहरूबाट सिधै आफन्तको विवरण सङ्कलन गर्छौं।

हामीले गुणस्तर आश्वासन र अखण्डताका उद्देश्यका लागि दोभाषे व्याख्या गर्दै गरेको फोनहरू पनि टिपोट गर्न सक्छौं। आफ्ना गैर-अंग्रेजी भाषी ग्राहकहरूसँग सञ्चार गर्न TIS National दोभाषे सेवाहरू प्रयोग गर्ने एजेन्सी ग्राहकहरूले पनि दोभाषे फोनहरू टिपोट गर्न सक्छन्। त्यस्ता अभिलेखहरूबाट सेवामा संलग्न दोभाषे लगायत अन्य व्यक्तिहरूको व्यक्तिगत जानकारी सङ्कलन गरिनेछ।

TIS National ले किन तपाईंको व्यक्तिगत जानकारी सङ्कलन र प्रयोग गर्छ?

उचित रूपमा आवश्यक परेको बेला र प्रत्यक्ष रूपमा दोभाषे सेवाहरू प्रदान गर्न र सम्बन्धित भुक्तानीहरू प्रशोधन गर्न TIS National ले तपाईंको व्यक्तिगत जानकारी सङ्कलन गर्दछ। हामी गुणस्तर आश्वासन लगायत सुरक्षा र हाम्रो दोभाषे सेवाहरूको अखण्डतासँग सम्बन्धित उद्देश्यका लागि पनि तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्न सक्छौं।

यदि विभागले केही वा सबै जानकारी सङ्कलन नगरेको खण्डमा, हामीले तपाईंलाई दोभाषे सेवाहरू प्रदान गर्न वा सम्बन्धित भुक्तानीहरूका प्रक्रिया पुरा गर्न सक्षम नहुन सक्छौं।

TIS National ले कस्ता प्रकारका व्यक्तिगत जानकारी सङ्कलन गर्छ?

जब तपाइँ हाम्रो दोभाषे सेवाहरू प्रयोग गर्नुहुन्छ, हामी तपाइँको पहिचानबारे जानकारी माग्न सक्छौं। यसमा तपाईंको नाम, ठेगाना, टेलिफोन नम्बर, जन्म मिति, खाता नम्बर, नीति नम्बर वा अन्य पहिचान नम्बर समावेश हुन सक्छ।

गोपनीयता ऐन (Privacy Act) ले संवेदनशील जानकारीको सङ्कलनमा कडा सर्तहरू राखेको छ। यसमा स्वास्थ्य वा बायोमेट्रिक जानकारीको सङ्कलन समावेश छ। तपाईंको खोपको स्थिति बारे जानकारी स्वास्थ्य जानकारी हो र तपाईंको आवाजको अभिलेख बायोमेट्रिक जानकारी हो।

TIS National ले प्रदान गरेको दोभाषे सेवाहरू टिपोट गर्न सक्छ। यी अभिलेखहरूले दोभाषे फोनमा सहभागी सबै पक्षहरूको व्यक्तिगत जानकारी कब्जा गर्न सक्छ। यदि हामीले फोनहरू टिपोट गर्छौं भने, हामीले गुणस्तर आश्वासन का लागि र हामीले प्रदान गर्ने दोभाषे सेवाको अखण्डता सुनिश्चित गर्न यो जानकारी सङ्कलन गर्छौं।

यदि तपाईं TIS National, वा एजेन्सी ग्राहकका लागि दोभाषे सेवाहरू उपलब्ध गराउने दोभाषे हुनुहुन्छ भने, हामीले भोकल पासवर्ड (vocal password) वा 'भ्वाइसप्रिन्ट (voiceprint) ' सिर्जना गर्नका लागि पनि तपाईंको आवाजको टिपोट सङ्कलन गर्न सक्छौं। यी टिपोटहरू हाम्रो अनुबंधित सेवा प्रदायकको भ्वाइसप्रिन्ट (voiceprint) लेखासञ्चयमा सुरक्षित रूपमा भण्डारण गरिएका हुन्छन्। हामीले हाम्रा दोभाषेहरूबाट खोपको स्थितिबारे जानकारी पनि सङ्कलन गर्न सक्छौँ। दोभाषेले TIS National को सङ्कलन र कोभिड विरुद्धको खोप प्रयोगसम्बन्धी जानकारी हाम्रो गोपनीयतासूचना (Privacy Notice) मा पाउन सक्छन् - कोभिड-१९विरुद्धकोखोपस्थितिजानकारीकोसङ्कलन, टि आई एस अनलाइन (TIS Online) को दोभाषे पोर्टलमा उपलब्ध छ।

हामी तपाईंको सहमतिमा मात्र तपाईंबाट संवेदनशील जानकारी सङ्कलन गर्छौं। तपाईंको संवेदनशील जानकारीको सङ्कलन आवश्यक भएको र हाम्रो सेवाहरू प्रदान गर्न प्रत्यक्ष रूपमा सम्बन्धित ठाउँमा, हामी तपाईंलाई तपाईंको सहमति दिन अनुरोध गर्नेछौ। तपाईले आफ्नो सहमति नदिने छनौट गर्न सक्नुहुन्छ, यद्यपि, यसले तपाईलाई हाम्रा सेवाहरू प्रदान गर्ने हाम्रो क्षमतामा, वा यदि तपाई TIS National अनुवादक हुनुहुन्छ भने तपाईलाई निश्चित प्रकारका कामहरूको प्रस्तावमा असर पार्न सक्छ।

TIS National ले तपाईंको व्यक्तिगत जानकारी खुलासा गर्न सक्छ

TIS Nationalले दोभाषे व्याख्या गर्ने सेवाहरू सहज बनाउन, हाम्रा सेवाहरूको गुणस्तर, सुरक्षा र अखण्डता सुनिश्चित गर्न र ती सेवाहरूको लागि भुक्तानी अनुरोध गर्ने उद्देश्यका लागि व्यक्तिगत जानकारी खुलासा गर्दछ। हामी सरकार, सामुदायिक र निजी क्षेत्रका संस्थाहरू र हाम्रा दोभाषे सेवाहरू प्रयोग गर्ने अन्य एजेन्सीहरूको तर्फबाट हाम्रो सेवाहरु को भुक्तानी गर्ने कोष निकायहरू लगायतका अनुवादकहरू र एजेन्सी ग्राहकहरूलाई व्यक्तिगत जानकारी खुलासा गर्न सक्छौं।

खुलासा गरिएको व्यक्तिगत जानकारीमा तपाईंको नाम, ठेगाना, टेलिफोन नम्बर, जन्म मिति, फोटो, खाता नम्बर, नीति नम्बर, अन्य पहिचान नम्बर, वा एजेन्सी ग्राहकहरूको कामको शीर्षक र कार्य सम्पर्क विवरणहरू समावेश हुन सक्छ।

TIS National ले खुलासाको अधिकार दिएको वा अष्ट्रेलियाको कानून, साथमा राज्य वा क्षेत्रको कानूनद्वारा आवश्यक भएको बेला पनि व्यक्तिगत जानकारी खुलासा गर्न सक्छ। कानून बमोजिम, TIS National ले तपाईंको व्यक्तिगत जानकारी विभाग, अन्य सरकारी निकायहरू वा तेस्रो पक्षहरू (उजुरीको विषय भएको व्यक्ति सहित) लाई उजुरीको जवाफ दिन वा हाम्रा सेवाहरू सुधार गर्न प्रतिक्रिया दिनका लागि खुलासा गर्न सक्छ।

यस गोपनीयता सूचनामा (Privacy Notice) अन्यथा उल्लेख गरिएको बाहेक, TIS National ले सामान्यतया विदेशी प्राप्तकर्ताहरूलाई व्यक्तिगत जानकारी खुलासा गर्दैन।

वेबसाइट डेटा

TIS National ले यो वेबसाइटलाई बाह्य स्रोतको प्राविधिक सहयोगमा सञ्चालन गर्दछ।

यो साइट भ्रमण गर्दा, तपाईंको भ्रमणको अभिलेख टिपोट गरिन्छ। जानकारी सांख्यिकीय उद्देश्यका लागि टिपोट गरिएको छ र निम्न उद्देश्यका लागि प्रयोग गरिन्छ:

  • साइटको प्रवेश निगरानी
  • कुन जानकारी कम/बढी पटक पहुँच गरिन्छ पत्ता लगाउन
  • साइटको प्रयोगकर्ता अनुभव सुधार गर्न।

तपाईंले यो वेबसाइट पहुँच गर्दा हामीले अभिलेख गर्ने जानकारीमा यी समावेश हुन सक्छन्:

  • तपाईंको आई पी (IP) वा सर्भरको ठेगाना
  • साइटमा तपाईंको भ्रमणको मिति र समय
  • पहुँच गरिएका पृष्ठहरू
  • तपाईंले पहिले हाम्रो वेबसाइट भ्रमण गर्नुभएको छ कि छैन र, यदि छ भने, कति पटक र कहिले
  • तपाईंको अपरेटिङ सिस्टम (उदाहरणका लागि, Windows 8, Mac OS X, आदि)
  • तपाईंको वेब ब्राउजर संस्करण र प्रकार (उदाहरणका लागि, Mozilla Firefox, Internet Explorer, Google Chrome, आदि)
  • तपाईंको मोबाइल उपकरणको ब्रान्ड र मोडल (यदि प्रयोग गरिएको छ भने)
  • तपाईंलाई जानकारी हस्तान्तरण गर्न लागेको समय
  • अघिल्लो इन्टरनेट ठेगाना जसबाट तपाईं यस वेबसाइटमा आउनुभयो
  • तपाईंको उमेर, लिङ्ग, भाषा र स्थान (शहर/नगर)
  • तपाईँका रुचिहरू

यो जानकारी हामीलाई निम्न मद्दत गर्न विश्लेषण गरिएको छ:

  • हाम्रा सेवाहरूको प्रयोगकर्ताहरूलाई राम्रोसँग बुझ्न
  • हाम्रो वेबसाइटमा भएका टुटेका लिङ्कहरू र बाधाहरू, साथै साइटका र अन्य समस्याहरू पत्ता लगाउन
  • हाम्रो साइट तपाईंको कुशल प्रयोगको लागि कायम राख्न।

हाम्रो इन्टरनेट सुविधाको अनुचित प्रयोगको अनुसन्धान, वा कानून प्रवर्तन एजेन्सीले इन्टरनेट सेवा प्रदायकको लग निरीक्षण गर्न पक्राउ पुर्जी अभ्यास गरेको घटनामा बाहेक तपाईंको ब्राउजिङ गतिविधिहरू मार्फत तपाईंलाई पहिचान गर्ने प्रयास गरिँदैन।

कुकीहरू (Cookies)

हामी वेबसाइट सत्र मार्फत प्रयोगकर्तासँग सम्पर्क कायम राख्न 'कुकीहरू' प्रयोग गर्छौं। कुकी एउटा सानो फाईल हो जुन हामीले प्रदान गरेका हुन्छौँ, र तपाईंले हाम्रो साइटमा पहुँच गर्दा तपाइँको कम्प्युटरमा वेब ब्राउजर सफ्टवेयरद्वारा भण्डारण गरिन्छ। कुकीहरू के हुन् र तिनीहरूले कसरी काम गर्छन् भन्ने व्याख्या गोपनीयता अधिकारी (Privacy Commissioner) को साइटमा पाउन सकिन्छ। तपाईंले हाम्रो वेबसाइट ब्राउज गर्दा कुकीहरूले तपाईंलाई व्यक्तिगत वेब प्रयोगकर्ताको रूपमा पहिचान गर्न हामीलाई अनुमति दिन्छ।

यो वेबसाइटले दुई प्रकारका कुकीहरू प्रयोग गर्न सक्छ:

सत्र कुकीहरू

यो एक वेबसाइट वेब ब्राउजर सत्रको अवधिका लागि मात्र अवस्थित छ। तपाईंले आफ्नो इन्टरनेट सत्र समाप्त गर्दा वा कम्प्युटर बन्द गर्दा सबै कुकीहरू तुरुन्तै हराउनेछन्। तपाईंको जानकारीको हाम्रो प्रतिलिपि तपाईंले पछिल्लो पटक प्रयोग गरेको बीस मिनेट पछि स्वचालित रूपमा मेटिनेछ। यो जानकारी केवल तपाईंलाई हाम्रो वेबसाइट प्रणालीहरू अझ प्रभावकारी रूपमा प्रयोग गर्न मद्दत गर्न प्रयोग गरिन्छ, इन्टरनेट मार्फत तपाईंको चालहरू पछ्याउन वा तपाईंको बारेमा निजी जानकारी टिपोट गर्नका लागि होइन।

दृढ कुकीहरू

यी समयावधि समाप्त हुनु अघिको (सामान्यतया हालको सत्रको समाप्ति पश्चात पनि) तोकिएको अवधिका लागि अवस्थित छन्।

यस वेबसाइटद्वारा प्रयोग गरिएको कुकीहरू भित्र कुनै पनि व्यक्तिगत रूपमा पहिचान योग्य जानकारी भण्डार गरिएको छैन। अज्ञात प्रयोगकर्ताहरू वा तिनीहरूको ब्राउजिङ गतिविधिहरू पहिचान गर्न कुनै प्रयास गरिने छैन जबसम्म कानुनी रूपमा त्यसो गर्न बाध्य हुँदैन, जस्तै अनुसन्धानको घटनामा, जहाँ कानून प्रवर्तन एजेन्सीले इन्टरनेट सेवा प्रदायकको लगहरू निरीक्षण गर्न पक्राउ पुर्जी प्रयोग गर्न सक्छ।

गुगल एनलाईटिक्स (Google Analytics)

हामीले हाम्रो वेबसाइट प्रयोग गर्दा तपाईंको अनुभवलाई सुधार गर्न मद्दत गर्ने प्रतिवेदनहरू प्राप्त गर्नको लागि वेब एनलाईटिक्स सेवा, Google Analytics पनि प्रयोग गर्छौं।

Google Analytics ले तपाईंको ब्राउजरमा कुकीहरू निर्धारित गर्न सक्छ वा प्रयोगकर्ताहरूले वेबसाइट कसरी प्रयोग गर्छन् भनेर विश्लेषण गर्न पहिले नै त्यहाँ रहेका कुकीहरू पढ्न सक्छ। वेबसाइटको (तपाईंको आईपी (IP) ठेगाना सहित) तपाईंको प्रयोग बारे कुकीद्वारा उत्पन्न जानकारी अष्ट्रेलिया बाहिर स्थित सर्भरहरूमा पनि Google द्वारा प्रसारित र भण्डारण गरिन सक्छ।

Google ले यो जानकारी हाम्रो वेबसाइटको तपाईंको प्रयोगको मूल्याङ्कन गर्न, वेबसाइट अपरेटरहरूको लागि वेबसाइट गतिविधिमा रिपोर्टहरू संकलन गर्न र वेबसाइट गतिविधि र इन्टरनेट प्रयोगसँग सम्बन्धित अन्य सेवाहरू प्रदान गर्न प्रयोग गर्नेछ। Google ले कसरी साइट भ्रमण आंकडा प्रशोधन गर्छ भन्ने बारे यहा बाट थप जान्न सक्नुहुन्छ।

अधिकांश ब्राउजरहरूले तपाईंलाई कुकीहरू स्वीकार गर्ने वा नगर्ने छनौट गर्न अनुमति दिन्छ। यदि तपाईं आफ्नो कम्प्युटरमा कुकीहरू राख्न चाहनुहुन्न भने, कृपया हाम्रो वेबसाइट पहुँच गर्नु अघि सबै कुकीहरू अस्वीकार गर्न तपाईंको ब्राउजर प्राथमिकताहरू निर्धारित गर्नुहोस्। कृपया ध्यान दिनु होस् कि यदि तपाईंले यो गर्नुभयो भने तपाईंले यस वेबसाइटको पूर्ण कार्यक्षमता प्रयोग गर्न सक्नुहुन्न।

वैकल्पिक रूपमा, अधिकांश ब्राउजरहरूले तपाईंलाई तपाईंले ब्राउज गर्दै गर्दा कुकीहरू कसरी निर्धारित र प्रयोग गर्ने र कुकीहरू र ब्राउजिङ आंकडा खाली गर्नको लागि तपाईंलाई व्यवस्थापन गर्ने अनुमति दिन्छ। साथै, तपाईंको ब्राउजरमा तपाईंलाई साइट-देखि-साइट आधारमा कुकीहरू व्यवस्थापन गर्न अनुमति दिने  सेटिङहरू हुन सक्छन्। उदाहरणका लागि, Google Chrome को सेटिङहरूले तपाईंलाई अवस्थित कुकीहरू मेटाउन, सबै कुकीहरूलाई अनुमति दिन वा ब्लक गर्न र वेबसाइटहरूका लागि कुकी प्राथमिकताहरू निर्धारित गर्न अनुमति दिन्छ। Google Chrome मा इन्कग्निटो मोड (Incognito Mode) पनि छ, जसले तपाईंले सबै इन्कग्निटो विन्डोहरू बन्द गरेपछि तपाईंको यन्त्रमा भ्रमण गरिएका साइटहरू वा कुकीहरूको Chrome इतिहास भण्डार गर्दैन।

गुगल म्याप्स (Google Maps)

हामी गुगल म्याप्स एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (ए पी आइ) (Google Maps Application Programming Interface (API)) प्रयोग गर्छौं, जुन गोपनीयता नीति - गोपनीयता र सर्तहरू - Google (Privacy Policy – Privacy & Terms – Google) मा उपलब्ध Google गोपनीयता नीति (Privacy Policy) को अधीनमा छ।

आफ्नो व्यक्तिगत जानकारी कसरी पहुँच गर्ने वा सच्याउने वा गोपनीयता उजुरी गर्ने

तपाईंले गोपनीयता ऐन (Privacy Act) वा सूचनाकोस्वतन्त्रताऐन 1982 (Freedom of Information Act 1982) (FOI act) अन्तर्गत TIS National टिपोटहरू (छूट टिपोटहरू बाहेक) मा आफ्नो बारेमा जानकारीको पहुँच खोज्न सक्नुहुन्छ।

तपाईंले हामीलाई तपाईंको बारेमा राखेको व्यक्तिगत जानकारीलाई परिमार्जन गर्न अनुरोध गर्न सक्नुहुन्छ यदि तपाईं सोच्नुहुन्छ कि जानकारी:

  • अपूर्ण, गलत, पुरानो वा भ्रामक छ
  • प्रशासनिक उद्देश्यले प्रयोग गरेको, गरिरहेको वा गर्नका लागि उपलब्ध छ र
  • व्यक्तिको पहिचानको बारेमा कुनै प्रश्न उठाउँदैन।

आफ्नो व्यक्तिगत जानकारी पहुँच गर्न वा अभिलेख परिमार्जन वा वर्णन गर्न खोज्ने उत्तम तरिका परिस्थितिहरूमा निर्भर गर्दछ।

यदि तपाईंलाई TIS National ले गलत रूपमा तपाईंको जानकारी सङ्कलन गरेको वा सम्हालेको छ भन्ने लाग्छ भने, यो कसरी गर्ने वा उजुरी गर्ने बारे थप जानकारीका लागि कृपया तलको सम्पर्क विवरणहरू प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

हामीले दोभाषे सेवाहरू प्रदान गर्ने संस्थाको गोपनीयता अभ्यासहरूको सम्बन्धमा तपाईंलाई चिन्ता छ भने, हामी तपाईंलाई उनीहरूको गोपनीयता नीति (privacy policy) पढ्न प्रोत्साहन गर्दछौं। यसमा तपाईं कसरी उजुरी गर्न सक्नुहुन्छ वा उनीहरूको गोपनीयता अभ्यासहरूको बारेमा सोधपुछ गर्न सक्नुहुन्छ भन्ने जानकारी समावेश हुनुपर्छ।

हामीलाई कसरी सम्पर्क गर्ने

तपाईंले विभागको अनलाइन प्रतिक्रिया फारम (online feedback form) पूरा गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

वैकल्पिक रूपमा, तपाईंले हामीलाई यहाँ लेख्न सक्नुहुन्छ:

TIS National Australia
Melbourne VIC 3001
GPO Box 241
Privacy Matters

थप जानकारी

विभागले कसरी व्यक्तिगत जानकारी (संवेदनशील जानकारी सहित) सङ्कलन, भण्डारण, प्रयोग र खुलासा गर्छ भन्ने बारे थप जानकारी, साथै पहुँच र गुनासोहरूको जानकारी फारम 1442i - गोपनीयतासूचना (Form 1442i – Privacy Notice) मा पाउन सकिन्छ र हाम्रो गोपनीयता नीति, http://www.homeaffairs.gov.au/privacy मा उपलब्ध छ।